2 years ago
February 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् ।
खेलको सुरुवात ढिलो हुने भएपछि खेल ४५ ओभरमा घटाइएको छ । बिहिवारका वर्षाका कारण आउटफिल्ड नसुकेका कारण खेल सुरु हुन ढिला भएको हो ।
नेदरल्याण्ड्सले आज पछिल्लो खेलमा नामिबिया विरुद्ध खेलेको प्लेइंग-११ मा एक परिवर्तन गरेको छ । काइल क्लेनको स्थानमा शारिज अहमद टोलीमा आएका छन् ।
यस्तै नामिबियाले नेपालसँग जित हात पारेको टोलीमा जेपी कोट्जे बाहिरिएका छन् भने मलान क्रुगर टोलीमा आएका छन् । क्रुगरको यो नामिबियाका लागि ओडीआई डेब्यु समेत रहेको छ ।
नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज, मलान क्रुगर
बेन्च : जेपी कोट्जे, बेन शिकोंगो, सन फौसी, टांगेनी लुंगामेनी
नेदरल्यान्ड्स टोली : म्याक्स ओ’डाउड, नोआह क्रोस, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, शारिज अहमद, तेजा निदामनुरु, रोलफ भान डर मर्व
बेन्च : ओलिभर एलेन्बस, विक्रमजित सिंह, वेस्ली बरेसी, काइल क्लेन
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]