default_image

5 months ago

February 23, 2024

चाबहिल र एनआरटी फाइनलमा

304 views

0 Bookmark

सुशिल पन्त क्षेत्री ,भरतपुर

चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् ।

शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो ।

त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । खेलमा फ्रिडम फाइटरले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । राजु खड्काको गोलमा फ्रिडम फाइटरले अग्रता लिएको थियो । तर उपहार गोलमा चाबहिल खेलमा फर्कियो ।

पहिलो हाफमा नै कन्यसुब्बा गुरुङले गोल गर्दै फ्रिडम फाइटरलाई अग्रता दिलाए । तर दोस्रो हाफमा चाबहिलका कप्तान पासाङ शेर्पाले उत्कृष्ट गोल गर्दै खेललाई टाइब्रेकरमा धकेले । जसमा चाबहिलले बाजि मा¥यो । चाबहिलका बिभोर गुरुङ म्यान अफ दि म्याच भए ।

दोस्रो सेमिफाइनलमा एनआरटी एफसी भेट्रानले भनिमण्डल भेट्रान ललितपुरलाई १–० ले हराएको थियो । उसको जितमा नरेश श्रेष्ठले गोल गरे । एनआरटीका कप्तान नरेन्द्रमान श्रेष्ठ म्यान अफ दि म्याच भए ।

फाइनल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.