2 years ago
February 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिले गरेको कारवाहीको निर्णय बदर गर्न पाउँ भन्दै पुनरावेदन समितिमा अपिल गरेको छ ।
अनुशासन समितिको पुस १५ गते बसकेको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलेको खेलाएको भन्दै जरिवाना गर्ने निर्णय गरेको थियो ।
एन्फाले विधानको अधिनमा बनेको सहिद स्मारक ए डिभिजन लिग फुटबको नियमावली समेतको व्यवस्थाका आधारमा मार्टिन्स र सेगुनले आफ्नो दायित्व पूरा नगरेको भन्दै जनही ५० हजार रुपैयाँ जरिवाना गराउने कारवाही भएको थियो ।
उक्त निर्णयमा थ्री स्टार क्लबले श्रम स्वीकृति बहाल रहँदै गर्दा पनि श्रम स्वीकृति नलिएको भन्दै खेलाडी र क्लबलाई जरिवाना गर्ने निर्णय त्रुटिपूर्ण रहेको जनाएको छ । एन्फाले यसअघि ए डिभिजन लिगमा अजायी मार्टिन्स कायोडे र पिटर सेगुनले लिग दौरान श्रम स्वीकृति भएर भिसा नभएको कारण कारवाही गरेको बताएको छ ।
थ्री स्टार क्लबले त्यस समयमा दुवै खेलाडीको श्रम स्वीकृति रहेको तर भिसामा प्रक्रियागत ढिलाइ मात्र भएको पनि जनाएको छ । सँगसँगै थ्री स्टारले एन्फाले तोकिएको समयमा लिग सम्पन्न गर्न नसक्दा भिसा थप गर्नुपर्ने अवस्था आएको र नियमानुसार गर्दा प्रक्रियागत ढिलाइ भएको जनाएको छ ।
सोही पत्रमा त्यस्तै विना भिसा तथा विना श्रम स्वीकृति खेलाडीहरू सहभागी गराउने थ्री स्टार क्लबले पनि आफ्नो दायित्व पूरा नगरेको पाइएकाले विधान बमोजिजम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।
त्यसपछि एपिएफले निर्णय प्रति आफूहरु सन्तुष्ट नरहेका कारण एपिएफ पुनरावेदन कमिटीमा गएको थियो । यसमै थ्री स्टार पनि कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै पुनरावेदनमा गएको हो ।



December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]