default_image

8 months ago

February 27, 2024

साविक विजेता मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

1545 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी जारी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लब माथि ४-० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एक गोल भने आत्मघाती गोल रहेको थियो ।

सुरुवाती समयदेखि नै मछिन्द्रले खेलमा पकड बनाएको थियो । दोस्रो मिनेटमा नै विमल घर्ती मगरको क्रसमा चिजोबाको हेडर पोस्टतर्फ जान सकेन । सोही मिनेटमा उनको अर्को प्रहार पोस्टको दिशामा गएन ।

पाँचौं मिनेटमा चिजोबाले सनिशको क्रसमा हेडर मार्फत गोल गर्दै अग्रता दिलाए । अर्को मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । चिजोबाको पासमा स्टेफन बिनोङको प्रहार पुलिस गोलरक्षक शत्रुघन चौधरीको सिधै गएपनि बल उनले बचाउन नसक्दा गोल हुन पुग्यो ।

११औं मिनेटमा मछिन्द्रले तेस्रो गोल गर्यो । चिजोबाले बक्स भित्रबाट गरेको प्रहार शत्रुघनले बचाउन सकेनन् ।

३८औं मिनेटमा मछिन्द्रले चौथो गोल गर्यो । दशरथ गिरीले क्लियर गर्न खोजेको बल रामचन्द्र वाजीलाई लागेर आत्मघाती गोल भएको थियो । खेलको अन्तिम समयमा मछिन्द्रका ओमोलाजा करिमले रातो कार्ड खाएपछि मछिन्द्र दश जनामा सिमित भएको थियो ।

मछिन्द्रले अब सेमिफाइनलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी विरुद्ध खेल्ने छ । सो खेल बिहीबार ३ बजे हुने छ । अर्को सेमीफाइनल न्यू रोड टिम र जावलाखेल एफसी बीच हुनेछ । सेमीफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

फाइनल फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.