default_image

8 months ago

February 29, 2024

फाइनलमा कसले लिन्छ साम्बाको स्थान?

6374 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत फाइनलमा नेपालले जोर्डनको सामना गर्दैछ । हालसम्म अपराजित रहेका यी दुई टोलीबीचको खेलमा नेपालले आफ्नो स्टार फरवार्ड सावित्रा भण्डारीको साथ भने पाउने छैन ।

नेपालले प्रतियोगितामा खेलेको सबै ४ खेलमा साम्बालाई नै आक्रमणमा उतारेको थियो । तर फिफा विन्डोबाहिर रहेको यस खेलका लागि साम्बा व्यावसायिक सम्झौताका कारण उपस्थित हुने छैनन् । उनी आज नै फ्रान्स पुग्ने तालिका छ ।

साम्बालाई रेखा पौडेल, अमिषा कार्की र अनिता बस्नेतले साथ दिएका थिए । मिडफिल्डमा प्रिती राईसँग अनिता केसी र दिपा शाहीले २-२ खेलमा सुरुवात गरेका थिए । फाइनलमा भने प्रशिक्षक राजेन्द्र तामाङलाई आक्रमणमा साम्बाको अनुपस्थिति हुँदा खेलाडी छनोट टाउको दुखाइ बन्ने देखिन्छ ।

रश्मीकुमारी घिसिङले सेमिफाइनलमा बेन्चबाट मैदान प्रवेश गर्दै नेपालको पक्षमा खेल ल्याउन महत्त्वपूर्ण प्रदर्शन गरेकी थिइन् । त्यस्तै सविता रानामगरले पनि टोलीको तालेमल फर्काउन राम्रो योगदान दिइन् । फाइनलमा सावित्रा र अनिताको स्थानमा यी दुई पहिलो रोजाइमा आउने सम्भावना बलियो छ ।

सेमिफाइनलमा अनिता बस्नेतको स्थान लिएकी विमला चौधरीले पनि त्यति राम्रो प्रदर्शन गर्न सकिनन् । अनिता सेट पिसमा राम्रो भएपनि खेलमा जम्न नसक्दा तामाङले विमलाको विकल्प रोजेका थिए । विमलाबाट रक्षात्मक रुपमा टोलीले आवश्यक दबाब पाएपनि आक्रमणमा भने उनले खस प्रभाव जमाएकी छैनन् ।

रेखा र रश्मीले आक्रमणमा खेल्दा अमिशा र सविता दुई विंगमा प्रभावकारी विकल्प देखिन्छन् । सविताले आवश्यक पर्दा नम्बर ९ को भूमिका पनि निर्वाह गर्न सक्ने र रश्मी मिडफिल्डमा पनि झर्न सक्ने हुँदा प्रशिक्षक तामाङले यो विकल्प रोज्न सक्छन् ।

यसबाहेक विमल चौधरी र अनिता बस्नेतसँगै चन्द्रा भण्डारी पनि बेन्चबाट विकल्पको रुपमा छिन् । मिडफिल्डमा सरस्वति हमाललाई अवसर दिए प्रिती राई र दिपा शाहीलाई केहि आक्रामक भूमिका दिने योजना पनि तामाङसँग छ । यसो हुँदा अमिशा, रेखा र सविता सम्मिलित ३ खेलाडीको आक्रमण निर्माण हुनेछ । यसमा दिपा शाहीसँग पनि विंग फरवार्ड खेल्ने क्षमता छ ।

जोर्डन नेपालको तुलनामा शारीरिक र प्राविधिक दुवै पक्षमा निपुण देखिन्छ । पाँच पटकको च्याम्पियन जोर्डनविरुद्ध नेपालको डिफेन्सको असली परिक्षा हुनेछ । यससँगै प्रतियोगितामा बिर्सनलायक रहेको नेपालको गोलरक्षणले प्रदर्शन सुधार गर्नुपर्नेछ । विगतको फाइनलमा नेपालले आक्रमणमा गोल निकालेपनि डिफेन्स र गोलरक्षणले दबाब खेप्न नसक्दा हार बेहोरेको उदाहरण छन् । त्यसबाट माथि उठेमात्र नेपालले उपाधिको खडेरी तोड्न सक्नेछ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.