default_image

8 months ago

February 29, 2024

एनआरटी केपी ओली कपको फाइनलमा

980 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम (एनआरटी) केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा जावलाखेल युवा क्लबमाथि ३-० को जित निकाल्दै एनआरटीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एनआरटीको जितमा संजिव विष्टले दुई तथा विवेक गुरुङले १ गोल गरे ।

खेलको छैटौं मिनेटमा नै विवेक गुरुङले एनआरटीलाई अग्रता दिलाए । बायाँ विंगबाट आएको क्रसमा विवेकले फार पोस्टमा अनमार्क रहेको अवस्थामा ६ यार्ड बक्स नजिकबाट सहजै गोल गरे ।

दोस्रो हाफमा संजिवले लगातार २ गोल गर्दै एनआरटीको जित पक्का गरे । ५० औं मिनेटमा रिचार्ड विल्सनको पासमा मिडफिल्डबाट बल अघि बढाउँदै गोलरक्षक उनेश चौधरीलाई वन भर्सेस वनमा बिट गरे । लगत्तै पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा उनेश बिट भएपछि स्कोर ३-० पुगेको थियो ।

दोस्रो हाफको मध्यतिर जावलाखेलका निरज चौधरी घाइते भए । विवेकको ट्याकल आगड उनलाई एम्बुलेन्समा अस्पताल लागिएको थियो ।

आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र भारतको मानेभन्ज्याङ्ग फुटबल क्लब खेल्नेछन् । फाइनल फागुन १९ गते दशरथ रंगशालामा नै हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्ष केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.