default_image

2 years ago

February 29, 2024

साविक विजेता मछिन्द्र केपी ओली कपको फाइनलमा

1709 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा भारतीय टोली मानेभञ्ज्याङ एफसी माथि ५-० को फराकिलो जित दर्ता गर्दै मछिन्द्रले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

पछिल्लो खेलमा नेपाल पुलिस क्लब विरुद्ध पनि चार गोल गरेको मछिन्द्रले आज भने सो नतिजा सुधार्यो । खेलको पहिलो गोल विमल घर्ती मगरले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गरेका थिए । दायाँ फ्लान्कमा पाएको फ्रिकिक उनले सिधै पोस्टमा प्रहार गरेका थिए ।

त्यसको दुई मिनेटमा मछिन्द्रले अग्रता दोब्बर गर्यो । लाकेन लिम्बूले आफ्नो हाफबाटै क्लियर गरेको बलमा वान अन वान अवसर बनाउँदै स्टेफन बिनोङले किपरलाई चिप गर्दै गोल गरेका थिए ।

३८औं मिनेटमा मछिन्द्रले आत्मघाती गोल उपहार पायो । हिसुब थपलियाले गरेको पहिलो प्रहार मानेभञ्ज्याङका गोलरक्षक लालमुआनसांगाले बचाएपछि हिसुबको दोस्रो प्रहार भने उनले आफ्नै जालीमा छिराएका थिए ।

५४औं मिनेटमा मछिन्द्रले खेलको चौथो गोल गर्यो । उत्सव राईले खेलेको कर्नरमा देवेन्द्र तामाङले हेडर मार्फत गोल गर्दै अग्रता चार गोलको बनाए ।

पाँचौं गोल आयुष घलानले इन्ज्युरी समयमा गरे । हिसुबको प्रहार गोलरक्षकले बचाएपछि उनले बल लिएर सहजै गोल गरेका थिए ।

उपाधि रक्षा गर्ने तरखरमा रहेको मछिन्द्रले अब उपाधिका लागि न्यू रोड टिम (एनआरटी) को सामना गर्ने छ । एनआरटीले आज पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लब माथि ३-० को जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फाइनल फागुन १९ गते दशरथ रंगशालामा नै हुनेछ ।प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.