default_image

5 months ago

March 1, 2024

फाइनलमा घाइते प्रितीलाई घुँडामा चोटको आशंका

2040 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत जोर्डनविरुद्ध बिहीबारको फाइनलमा घाइते भएकी मिडफिल्डर प्रिती राईको घुँडामा चोट लागेको आशंका रहेको छ ।

टोलीकी व्यवस्थापक विन्द्रा देवानले टोली आज रातमा नेपाल आइपुग्ने जानकारी दिँदै यहाँ आएपछि उनको चोटबारे विस्तृत थाहा हुने बताएकी हुन् । उनका अनुसार प्रितीको मेनिस्कसमा केहि समस्या देखिएको छ । साउदी अरेबियाबाट नेपाली टोली रातको ८:४५ मा नेपाल आइपुग्ने बताइएको छ ।

प्रितीले प्रतियोगिताको सबै खेल सुरुवाती रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी थिइन् । सेमिफाइनलमा उनले नै अन्त्यतिर सानदार विजयी गोल गर्दा नेपाल फाइनल पुगेको हो ।

गत असारमा मात्र घुँडाको शल्यक्रिया गरेर पुनरागमन गरेकी प्रिती फाइनलमा जोर्डनविरुद्ध घाइते भएकी थिइन् । नेपाल १-० ले अग्रतामा लिइरहेको अवस्थामा आक्रमण गर्दा प्रिती लडेकी थिइन् । बायाँ विंगमा लडेकी प्रितीलाई स्ट्रेचरमा मैदानबाहिर लागिएको थियो ।

प्रिती मैदानबाहिर रहेकै अवस्थामा नेपालले बराबरी गोल खाएको थियो । त्यसपछि मात्र प्रितीको स्थानमा अनिता केसी मैदान प्रवेश गरेकी थिइन् । जोर्डनले त्यसपछि अर्को गोल थप्दै अग्रता लिएपनि नेपाल २-२ को बराबरी गर्न सफल रहेको थियो । त्यसपछि टाइब्रेकरमा नेपाल ५-३ पराजित भएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.