default_image

5 months ago

March 10, 2024

बार्यनको जितमा केनको‌ ह्याट्रिक

308 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार माइन्जमाथि बायर्न म्युनिखले सानदार निकालेको छ। ह्यारी केनको ह्याट्रिक सँगै घरेलु मैदानमा बायर्नले माइन्जलाई ८-१ हराएको थियो।

खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेका‌ थिए। दोस्रो गोल उनले पहिलो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेका थिए।

त्यस्तै लियोन गोरेत्ज्काले १९ औं र‌ इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए। त्यस्तै थोमस मुलरले ४७ औं मिनेटमा, जमल मुसियाला ६१ औं र सर्ज गिनब्रीले ६६ औं मिनेटमा गोल गरेका थिए।

माइन्जका नादियम अमिरिले ३१ औं मिनेटमा गोल गरेका थिए। अंक तालिकाको दोस्रो स्थानमा रहेको बायर्नको ५७ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरकुसेन ६४ अंकका साथ शीर्षस्थानमा छ। तेस्रो स्थानको भिएफबी स्टुटगार्टको ५३ अंक छ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.