default_image

8 months ago

March 12, 2024

चेल्सीको रोमाञ्चक जित

785 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए ।

खेलको छैटौं मिनेटमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले कोल पाल्मेरको पासमा गोल गर्न सफल भए । ४३औं मिनेटमा इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ब्रुनो गुइमारेसको पासलाई सदुपयोग गरेका थिए ।

५७औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । उनले एन्जो फर्नान्डेसको पासमा गोल गर्न सफल भए । ७६औं मिनेटमा मिखाइलोले गोल गरेपछि चेल्सी ३–१ को अग्रतासहित सहज जिततर्फ अघि बढ्यो ।

तर, इन्ज्युरी समयो थप गरिएको पहिलो मिनेटमा मर्फीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।

यस जितले चेल्सी २७ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा यथावत छ । पराजित न्यूक्यासल २८ खेलबाट ४० अंक जोडेर १०औं स्थानमा छ ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.