2 years ago
March 12, 2024
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली गोलरक्षक एडर्सन मोराएस चार साता मैदान बाहिर रहने भएका छन् । मांसपेशीको चोटका कारण मोराएस कम्तीमा एक महिना बाहिर रहने भएका हुन् ।
मोराएसले आइतबार लिभरपुलसँग १–१ गोलको बराबरी खेलमा मांसपेशीमा चोट बोक्न पुगेका थिए । लिभपुलका फरवार्ड डार्विन नुनेजलाई आफ्नै बक्समा फउल गर्न पुग्दा उनी आँफैले पनि चोट बोक्न पुगेका थिए ।
सोही पेनाल्टी गोलबाट नै सिटी जितबाट बञ्चित बन्न पुगेको थियो । सिटीले उनलाई प्राथमिक उपचार गराएर मैदानमै राखेपनि खेल्न नसक्ने भएपछि उनलाई स्टेफान ओर्टेगाले प्रतिस्थापन गरेको थियो ।

चोट बोकेसँगै ३० वर्षीय एडर्सनले ३१ मार्चमा हुने उपाधि प्रतिद्वन्द्वी आर्सनलसँगको महत्वपूणै खेल गुमाउने छन् । सिटी २८ खेलबाट ६३ अंक जाेडेर तेस्राे स्थानमा रहँदा आर्सनल ६४ अंक जाेडेर शीर्षस्थानमा छ । समान अंक भएपनि लिभरपुल गाेल अन्तरमा दाेस्राे स्थानमा छ ।
उनले शनिबार हुने एफए कपको क्वाटरफाइनलमा न्युक्यासल युनाइटेडसँगको खेल पनि गुमाउनेछ । त्यसपछि अन्तर्राष्ट्रिय ब्रेक रहेको छ । चोटपछि उनी ब्राजिली टोलीबाट पनि बाहिरिने पक्का छ । एडर्सनको अनुपस्थितिमा अब सिटीको पोस्ट जर्मन गोलरक्षक ओर्टेगाले नै सम्हाल्नेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]