default_image

2 years ago

March 14, 2024

डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

1683 views

0 Bookmark

एजेन्सी- जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 

अन्तिम १६ को दोस्रो लेगमा बुधबार पिएसभी आइन्डओभनलाई २-० ले हराएपछि समग्रमा ३-१ ले अग्रतासहित डर्टमन्ड अन्तिम ८ मा पुगेको हो । पहिलो लेग १-१ को बराबरी टुंगिएको थियो।

घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन जाडोन सान्चो र मार्को रिउसले गोल गरेका थिए।  खेलको तेस्रो मिनेटमै सान्चोले गोल गर्दै टोलीलाई‌ सुरुवाती अग्रता दिलाएका थिए। रिउसले इन्ज्युरी समयमा गोल गर्दै जित निश्चित गरे ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ। अन्तिम ८ पुग्नेमा ३ स्पेनिस टोली रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिड, प्रिमियर लिगका म्यान्चेस्टर सिटी र अर्सनल, बुन्डेसलिगाका २ टोली बायर्न म्युनिख र डर्टमन्ड भने फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.