default_image

2 years ago

March 15, 2024

साउदी बस्ने तमुले महिला फुटबललाई १० लाख पठाए

617 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ दिएका छन् ।

साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट रकम दिएको बताएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रिय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाइसकेका छन् ।

महिला संघकी अध्यक्ष लामाले भनिन्, , ‘तमु जीकी श्रीमती उमाको उपस्थितिमा केहि दिनमा हामी खेलाडीलाई रकम हस्तान्तरण गर्नेछौं ।’ टोलीमा २३ खेलाडी रहेका छन् ।

जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

१५ वर्षदेखि साउदी बस्दै आएका तमुले ५ वर्षदेखि साउदीको रियादमा लालीगुरास नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन् । महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो । हामी सबैले हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु,’ तमुले भने,‘म यहाँ पनि अन्य समाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु । ’

November 18, 2025

नेपाल मलेसियासँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो। एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो। खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण […]

November 18, 2025

नेपाल र मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो […]

November 18, 2025

जर्मनी विश्व कपका लागि छनोट

एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले‌ २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो । दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० […]

Success

Thank you for your time.