default_image

2 years ago

March 15, 2024

आबुखैरहनी भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा

218 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, चितवन

रामपुर एफसी रड्सविरुद्ध सहज जित हात पार्दै आबुखैरहनी गाउँपालिका सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार तेस्रो क्वाटरफाइनलमा आबुखैरहनीले रामपुर रड्सलाई ३–१ ले हरायो । आबुखैरहनीको जितमा कप्तान शन्त गुरुङले २ र अबायमीले १ गोल गरे । रड्सका कप्तान अनिल राना मगरले गोल गरे ।

चौथो मिनेटमा नै आबुखैरहनीले गोल गर्दै अग्रता लिएको थियो । जितेश गुरुङको पासमा गोल गर्दै शन्तले आबुखैरहनीलाई अग्रता दिलाए । पहिलो हाफमा नै रड्सले बराबरी गोल फर्कायो । कप्तान अनिलले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका हुन् ।

४९ औं मिनेट अबायमीले गोल गर्दै आबुखैरहनीलाई २–१ को अग्रता दिलाए । ६० औं मिनेटमा शन्तले व्यक्तिगत दोस्रो गोल गरेपछि आबुखैरहनी ३–१ ले विजयी भयो । शन्त नै म्यान अफ दि म्याच भए ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । चौथो तथा अन्तिम क्वाटरफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) भण्डारा एफसी रड्स र गैंडाकोट एफसी भिड्नेछन् ।

चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख ३ हजार र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.