default_image

4 months ago

March 17, 2024

रियल म्याड्रिडद्वारा ओसासुना पराजित

379 views

0 Bookmark

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएको हो । रियलले ओसासुना विरुद्ध ४-२ को जित निकालेको हो ।

खेलको चौथो मिनेटमा नै रियलले खेलमा सुरुवाती अग्रता लिएको थियो । ओसासुनाका डिफेन्डरको खुट्टाबाट बल खोस्दै भिनीसियस जूनियरले गोल गरेर खेलमा रियललाई अग्रता दिलाएका थिए ।

तर सातौं मिनेटमा आन्टे बुडीमिरले ओसासुनाका लागि बराबरी गोल गरे । १८औं मिनेटमा रियलले खेलमा पुनः अग्रता लियो । फेडेरिको भाल्भर्डेको पासमा ड्यानी कार्भाजालले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए ।

६१औं मिनेटमा भाल्भर्डेकै पासमा गोल गर्दै ब्राहिम डीयाजले अग्रता आज फराकिलो बनाए । ६४औं मिनेटमा भिनीसियसले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाइन ४-१ सम्म पुर्याए ।इन्ज्युरी समयमा ओसासुनाका इकर मुनोजले एक गोल फर्काएका थिए ।

रियलको २९ खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाट जिरोनाको ६२ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ६१ अंक छ । पराजिता ओसासुना ३६ अंक जोडेर ११औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.