2 years ago
March 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका खेलाडी एन्जिला तुम्बापो सुब्बा र गीता राना सम्मिलित सेथु एफसी तथा अनिता केसी र दीपा शाही सम्मिलित किकस्टार्ट एफसीले भारतीय महिला लिगमा बराबरी खेलेका छन् । शनिबार सम्पन्न खेलमा यी टोलीले २-२ को बराबरी खेलेका हुन् ।
खेलको सुरुवाती समयमा नै सेथुले दुई गोलको अग्रता लिन सफल भएको थियो । क्रमसः खेलको दोस्रो र चौथो मिनेटमा काव्या पक्किरीसमी र लिशम बबिना देवीले गोल गर्दै सेथुका लागि दुई गोल गरेका थिए ।
तर दोस्रो हाफमा केही मिनेटको अन्तरालमा नै दुई गोल खान पुगेपछि सेथु बराबरीमा रोकिन पुग्यो । खेलको ७८औं र ८३औं मिनेटमा सुष्मिता जाधव र शङ्लाकपम बन्ती शर्माले गोल गर्दै खेलमा बराबरी गरे ।
चारै जना नेपाली खेलाडीले सुरुवाती रोजाइमा रहेर खेलको पुरै अवधि मैदानमै बिताए ।
किकस्टार्ट ११ खेलमा २१ अंक सहित तेस्रो स्थानमा छ । सेथु भने ११ खेलमा १४ अंक सहित पाँचौं स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]