default_image

4 months ago

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

1051 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ ।

बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा दर्ता गरेको थियो ।

मेलेसियाबाट सिधै बहराइन पुग्ने फुटबल टोली तथा त्यति बेला नेपालमा रहेका डाक्टर राजु डंगोलबाहेक कसैको नाममा पनि राखेपले स्वीकृती नदिएको सदस्य सचिव टंकलाल घिसिङले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

गत साता मलेसियामा टोलीमा प्रत्यक्ष सरोकार नभएका १० एन्फा पदाधिकारी जान लागेको समाचार हाम्रो खेलकुदले प्रकाशित गरेपछि युवा तथा खेलकुद मन्त्रालयले त्यसमा चासो व्यक्त गर्दै राखेपको नियमानुसार पदाधिकारीले विदेश यात्राका लागि स्वीकृती लिनुपर्ने स्मरण गराएको थियो ।

बहराइनविरुद्ध चैत ८ र १३ गते हुने खेलका लागि जानेको सुचीमा २३ खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, प्राविधिक प्रशिक्षक, फिजियो, डाक्टर, व्यवस्थापक, ३१ जनाको नाम थियो ।

त्यसबाहेक एन्फा केन्द्रीय सदस्य टिकाराम लामा हेड अफ डेलिगेट्स तथा मणिराज विष्ट, रामचन्द्र तामाङ लामा, रन्जन कार्की, राजकाजी श्रेष्ठ, महेशचन्द्र महत, भरतबहादुर खत्री, शेरबहादुर बस्नेत, डोलुशकुमार केसी अफिसियल र मिडिया अफिसर गोविन्दराज नेपाल थिए । डां डंगोलबाहेक अरुको हकमा स्वृकीति दिनका लागि एन्फासँग चित्त बुझ्दो जवाफ नभएको पनि सदस्य सचिव घिसिङले बताए ।

मलेसिया जाने फुटबल टोलीमा खेलाडीसँगै प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोबाहेक एन्फा उपाध्यक्ष दिपक खतिवडा, सिइओ इन्द्रमान तुलाधर, सदस्य महेन्द्र क्षेत्रीसहित , जिल्ला फुटबल संघ संखुवासभाका अध्यक्ष भरत घिमिरे, ललितपुरका सचिव प्रविण श्रेष्ठ, कास्कीका सुविन कुमार श्रेष्ठ, थ्री स्टार क्लबका उपाध्यक्ष जयकृष्ण श्रेष्ठ, खुमलटारका सचिव बुद्धि गुरुङ, मकवापनुरका सुनिलएलोप्चन र एन्फा कर्मचारी ज्ञानु राई थिए ।

कर्मचारी राईको हकमा भने एन्फाले पछिल्लो समय किट म्यानेजरको भूमिकामा एन्फामा कार्यरत कर्मचारीलाई लग्दै आएको हो । तर किट म्यानेजरमा विकास गुरुङ रहँदै आएकोमा यसपटक राई गरेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कानुन बमोजिम राखेपको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरेको जनाएको थियो । फुटबल टोली मलेसियाबाट बहराइन पुगिसकेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.