default_image

2 years ago

March 24, 2024

एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलको जित

4025 views

0 Bookmark

एजेन्सी – युवा प्रतिभा एन्ड्रिकको ऐतिहासिक गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । ब्राजिलले घरेलु टोली इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो ।

वेम्वली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले ब्राजिलका लागि पहिलो गोल गर्दै जित दिलाएका हुन् । उनले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका हुन् ।

इंग्ल्यान्डविरुद्धको गोलसँगै एन्ड्रिक ब्राजिली क्लब र ब्राजिलबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । एन्ड्रिकले १७ वर्ष २४६ दिनमा गोल गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि रोनाल्डोले सन् १९९४ मा यो कीर्तिमान बनाएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोली इंग्ल्यान्डले बल पोसेसन राखेपनि ब्राजिली गोलरक्षक बेन्टोले सानदार प्रदर्शन गर्दा इंग्ल्यान्ड निराश बन्न पुग्यो । ब्राजिलले भने काउन्टर अट्याकमा इंग्ल्यान्डलाई दवावमा राख्दै गोल गर्न सफल भएको थियो ।

७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एन्ड्रिकले ८०औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–० को जित दिलाए । उनले मैदान छिरेको नवौं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । एन्ड्रिकले अफसाइड बिट ट्याप गर्दै सुन्दर फिनिस गरेका थिए ।

यस जितसँगै ब्राजिलको लगातार चार जितविहीन यात्रामा पूर्णविराम लागेको छ । विश्वकप छनोटमा पेरुमाथि १–० को जित निकालेयता ब्राजिजले पछिल्लो चार खेलमा जित निकाल्न सकेको थिएन त्यसपछि ब्राजिलले भेनेजुएलासँग १–१ गोलको बराबरी खेल्दा उरुग्वेसँग २–०, कोलम्वियासँग २–१ र अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.