default_image

7 months ago

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

841 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो ।

पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० ले गुमाएको थियो।

विश्व कप छनोटबाट बाहिरीसकेको नेपाल ४ खेलमा अंकविहीन रहँदै समूहको पुछारमा छ। नेपाल युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।

समूहमा यूएई १२ अंकसहित शीर्ष स्थानमा छ। ९ अंकसहित बहराइन दोस्रो र ३ अंक जोडेको यमन तेस्रोमा छ।

October 25, 2024

आहा ! रारा पोखरा गोल्ड कप माघमा

पोखरा (हाम्रो खेलकुद)- आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको मिति तय भएको छ । सहारा क्लब पोखराले निरन्तर आयोजना गर्दै आएको आहा गोल्डकप यो वर्ष माघ २२ देखि फागुन ३ गते सम्म हुने भएको छ। पोखरा रंगशालामा हुने प्रतियोगिताको समय तालिकाका लागि आयोजकको अनुरोधमा कास्की जिल्ला फुटबल संघले अखिल नेपाल […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

Success

Thank you for your time.