default_image

11 months ago

March 31, 2024

म्यानचेस्टर सिटी र आर्सनलको गोलरहित बराबरी, लिभरपुल शीर्ष स्थानमा

1042 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत यस सिजनका दुई दावेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

धेरै नै प्रत्याशा सहित हेरिएको खेलमा दुवै टोलीले सोचेअनुरुप खेल पस्कन सकेनन् । दुवै टोलीले स्पष्ट मौकाहरु सिर्जना गर्न पनि सकेनन् ।

यो बराबरी भने लिभरपुलका लागि फाइदाजनक सावित भएको छ । आज नै भएको खेलमा ब्राईटन विरुद्ध पुनरागमन जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

डयानी वेलबेकले दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

यो सँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अंक छ ।

म्यानचेस्टर सिटी भने २९ खेलमा ६५ अंक सहित तेस्रो स्थानमा छ ।

February 16, 2025

घाइते आशिषको शल्यक्रिया सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको शल्यक्रिया सम्पन्न भएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो । गम्भीर प्रकृतिको चोट बोकेका उनको आइतबार नै शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक […]

February 16, 2025

आयोजक लखन सेतो फाइनलमा

सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]

February 16, 2025

निराजन र सरोज बुटवल लुम्बिनीमा रिटेन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]

Success

Thank you for your time.