default_image

2 years ago

April 5, 2024

रोमान्चक खेलमा चेल्सीसँग युनाइटेडको हार

803 views

0 Bookmark

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा बुधबार म्यानचेस्टर युनाइटेडमाथि रोमान्चक जित निकालेको छ । इन्ज्युरी समयमा २ गोल गर्दै चेल्सीले युनाइटेडमाथि नाटकीय जित दर्ता गरेको हो ।

कोल पाल्मरले इन्ज्युरी समयमा २ गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । चेल्सीका लागि अर्को गाोल भने कप्तान कोनोर गालाघर गरेका थिए । युनाइटेडका लागि एलेजान्द्रो गार्नाचोले २ र बर्नो फर्नान्डेजले १ गोल गरेका थिए ।

गालाघरले चौंथो मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पाल्मरले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर पारेका थिए । एन्टोनीले मार्क कुकुरेलालाई फाउल गरेपछि लिभरपुले पेनाल्टी पाएको थियो ।

युनाइटेडका गार्नाचोले ३४औं मिनेटमा गोल गरे । ३९ औं मिनेटमो फर्नान्डेजले डियोगो डालोटको क्रसमा हेड गोल गरेपछि पहिलो हाफमा खेल २–२ को बराबरी भएको थियो ।

गार्नाचोले ६७औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्ज्युरी समयमा खेलले नाटकीय माोड लियो । इन्जुरी समयको दसौं र ११ औं मिनेटमा पाल्मरले लगातार गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाउनका साथै व्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए ।

२९ खेलपछि चेल्सी ४३ अंकसहित १०औं स्थानमा उक्लिएको छ । छैटौं स्थानको युनाइटेड ३० खेलमा ४८ अंक छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.