2 years ago
April 9, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका पहिलो लेगका खेलहरु आज देखि सुरु हुँदै छन् ।
आज राती १२:४५ बजे सुरु हुने पहिलो क्वाटरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले १४ पटकको विजेता रियल म्याड्रिडविरुद्ध खेल्नेछ । खेल रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।
म्यानचेस्टर सिटीले अन्तिम १६ मा डेनिस टोली एफसी कोपनहेगन विरुद्ध समग्रमा ६-२ को जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको थियो । पहिलो र दोस्रो।लेग दुवै ३-१ को स्कोरलाइनमा सकिएका थिए ।
यस्तै रियल म्याड्रिडले भने आरबी लाइपजिग लाई पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएको हो । समग्रमा सो टाई २-१ ले रियलले आफ्नो पोल्टामा पारेको थियो । पहिलो लेग रियलले १-० जितेको थियो भने दोस्रो लेग १-१ को बराबरीमा सकिएको थियो ।
यस्तै सोही समयमा हुने अर्को क्वाटरफाइनल खेलमा इंग्लिश क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख भिड्ने छन् । पहिलो लेगको खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।
आर्सनलले पोर्चुगिज क्लब एफसी पोर्टो माथि टाईब्रेकरमा जित निकाल्दै क्वाटरफाइनल पुगेको थियो । समग्रमा दुई लेग १-१ को बराबरीमा सकिएको थियो । पहिलो लेग पोर्टोले १-० ले जितेको थियो भने दोस्रो खेल आर्सनलले १-० ले जितेको थियो । शूटआउटमा भने आर्सनल ४-२ ले विजयी भयो ।
यस्तै बायर्नले भने इटालियन क्लब लाजियोलाई समग्रमा ३-१ ले हराउँदै अन्तिम आठमा स्थान बा आएको थियो । पहिलो लेग १-० ले हारेपनि दोस्रो लिगमा पुनरागमन गर्दै ३-० को जित निकालेर बायर्न अन्तिम आठमा पुग्न सफल भएको हो ।
यी दुई टाईका विजेताले सेमिफाइनलमा एकअर्का विरुद्ध खेल्नेछन् ।
च्याम्पियन्स लिगमा अन्य दुई क्वाटरफाइनल खेल भोलि हुने छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]