default_image

4 months ago

April 10, 2024

आर्सनल र बायर्नको बराबरी

759 views

0 Bookmark

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको‌ पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

घरेलु मैदान इमिरेट्समा मंगलबार भएको खेलमा आर्सनल बायर्न लाई २-२ को बराबरीमा‌ रोक्न सफल भएको हो। दुवै टोलीले एक एक पटक खेलमा लिएको अग्रता जोगाउन सकेनन् ।

बुकायो साकाले १२ औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । १८ औं मिनेटमा सर्जी ग्नाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए ।

३२ औं मिनेटमा पेनाल्टीबाट ह्यारी केनले बायर्नलाई अग्रता दिलाए । ७६ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले ग्याब्रियल जिसुसको पासमा गोल गर्दै खेल बराबरी गरे। दोस्रो लेग अर्को साताको बुधबार बायर्नको मैदानमा हुनेछ ।

अर्को क्वाटरफाइनलमाको पहिलो लेगमा घरेलु टोली रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको रोमान्चक खेल ३-३ बराबरी टुंगिएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.