default_image

2 years ago

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

1261 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो ।

क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा खेलको एकमात्र गोल गरे । टाईरिक मिचेलको क्रसमा एजेले बक्स भित्रबाट सहज गोल गर्दै प्यालेसलाई जित दिलाए ।

खेलमा लिभरपुलले थुप्रै मौकाहरु खेरा फालेको थियो । तर त्यसअघि खेलको १८औं मिनेटमा एन्ड्रयू रोबर्टसनले प्यालेसका जिन फिलिप मटेटाको प्रहार गोललाइनबाट क्लियर गरेका थिए ।

त्यसअघि खेलमा लिभरपुलले एक पछि अर्को मौका खेरा फाल्यो । २९औं मिनेटमा लुइस डीयाजको प्रहार प्यालेस गोलरक्षक डिन हेन्डर्सनले बचाए ।

हेन्डर्सनले ५५औं मिनेटमा डार्विन नुनेजको प्रहारलाई भने सहजै विफल पारे । ७३औं मिनेटमा डिएगो जोटाले किपर बिट भइसकेपछि पनि गोल गर्न सकेनन् । डोमिनिक सोबोज्सलाइको क्रसमा उनले बक्स भित्रबाट गरेको प्रहार नाथानियल क्लाइनले ब्लक गरे ।

७५औं मिनेट कर्टिस जोन्सले वान अन वान अवसर खेरा फाले । इन्ज्युरी समयमा जोटाको क्रहार टाईरिक मिचेलले ब्लक गरे ।

हार पछि तेस्रो स्थानमा रहेको लिभरपुलले पहिलो स्थानमा उक्लिने मौका गुमाएको छ । लिभरपुलको ३२ खेलमा ७१ अंक छ । पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ खेलमा ७३ अंक छ । हाल दोस्रो रहेको आर्सनलको ३१ खेलमा ७१ अंक छ । आर्सनलले आज ९:१५ बजे एस्टन भिल्लाको सामना गर्नेछ ।

उता विजयी प्यालेस भने ३२ खेलमा ३३ अंक सहित १४औं छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.