2 years ago
April 19, 2024
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् ।
यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को सिजनमा पनि सेमिफाइनलमा पुग्न असफल भएको थियो ।
उपाधि दावेदार तथा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनल दुवै बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएका छन् । म्यानचेस्टर सिटी स्पेनिस क्लब रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ ले तथा आर्सनल जर्मन क्लब बायर्न म्युनिखसँग समग्रमा ३–२ ले पराजित भएर बाहिरिए ।
बिहीबार, अपेक्षित रूपमा लिभरपुल र वेस्ट ह्याम युरोपा लिगबाट बाहिरिए । लिभरपुल इटालियन क्लब एटलान्टासँग र वेस्ट ह्याम जर्मन क्लब बायर लेभरकुसेनसँग समान ३–१ ले ले पराजित हुँदै बाहिरिन पुगे । दुवै टोलीले पहिलो लेगमा भोगेको नतिजालाई उल्ट्याउन सकेन ।
युरोपमा बाँकी रहेको इंग्लिस टोली एस्टन भिल्ला मात्रै हो । फ्रेन्च क्लब लिललाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै भिल्ला तेस्रो सिजनमा मात्रै चलिरहेको युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा पुगेको छ । यो युरोपको क्लबस्तरको तेस्रो श्रेणीको प्रतियोगिता हो ।
२० सिजनमा चौथोपटक प्रिमियर लिगको कुनैपनि टोलीविना फाइनल हुनेछ । पाँच वर्षअघि दुवै फाइनलमा सबै इंग्लिस टोली फाइनलमा भिडेका थिए । लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामलाई हराएको थियो र चेल्सीले आर्सनललाई हराएर युरोपा लिग जितेको थियो ।
पछिल्ला पाँच युरोपेली च्याम्पियन्स लिगमध्ये तीन सिजन इंग्लिस टोलीले फाइनल खेलेका छन् । चेल्सीले सन् २०२१ मा म्यानचेस्टर सिटीलाई र सिटीले गत सिजन इन्टर मिलानलाई हराएर च्याम्पियन बनेको थियो ।
च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न नसक्नु अचम्मको कुरा हो, किनभने इङ्ल्यान्डका चार टोली क्वाटरफाइनल खेलिरहेका थिए ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखले रियल म्याड्रिडसँग खेल्नेछ । युरोपा लिगमा एटलान्टा र मार्से तथा रोमा र बायर लेभरकुसेनबीच प्रतिस्पर्धा हुनेछ ।
वेम्बलीले च्याम्पियन्स लिगको फाइनल र डब्लिनको अविभा स्टेडियममा युरोपा लिगको फाइनल हुनेछ ।
November 17, 2025
एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]
November 16, 2025
एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]
November 16, 2025
रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]