default_image

2 months ago

June 7, 2024

साम्बा कृषि विकास बैंकको ब्रान्ड एम्बेसडर

1424 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंक लिमिटेडको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् । साम्बासँगको सम्झौता काठमाडौंमा शुक्रवार एक कार्यक्रमका बीच घोषणा भएको हो ।

बैंकले शुक्रबार काठमाडौंमा साम्बा सँग सम्झौता हस्ताक्षर समारोहको आयोजना गरेको थियो । सम्झौता पत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेन्टका उप-महाप्रबन्धक यज्ञ प्रसाद न्यौपाने र र साम्बाले हस्ताक्षर गरेका थिए । साम्बा र बैंक बीचको सम्झौता १ वर्षका लागि रहेको छ ।

ब्रान्ड एम्बेसडर नियुक्त भएसँगै कार्यक्रममा बोल्दै साम्बाले आफूले फुटबल खेल्न सुरु गरेको समय याद गरिन् । साम्बाले लमजुङको सिम्पानी गाउँबाट खेलकुदमा महिलाप्रतिको सामाजिक दृष्टिकोणलाई उछिन्दै सुरु भएको यात्राको पनि स्मरण गरिन् ।

“यस बैंकको ब्रान्ड एम्बेसडर हुँदै गर्दा मा विगतका दिनहरू सम्झिन चाहन्छु” साम्बाले भनिन् । “महिला भएर जन्मिँदा र खेलकुदमा लाग्दै गर्दा समाजको नजरले गर्दा मलाई फुटबलमा लाग्ने नशा चढ्न थालेको थियो । त्यो समयमा फुटबल खेल्न पर्याप्त किट हुन्थेन । सो समयमा मोजाको बल सहित खेल्थे, अभावको बीच करियर सुरु गरेकी थिएँ ।”

“समाजबाट निकै नकारात्मक टिप्पणीहरु आउँथ्यो, तर मैले सानै उमेरदेखि आलोचना खेप्न सिकें”, साम्बाले थपिन् । यस्तै साम्बाले आफ्नो करियर सुरुवात गर्न मद्दत पुर्याएका रेफ्री शुक्र तामाङलाई समेत सम्झिएकी थिइन् । एपिएफ क्लबमा आफ्नो करियर सुरुवात गरेदेखि आफूले पछाडि फर्किएर नहेरेको समेत जिकिर गरिन् ।

साम्बाले कार्यक्रम मार्फत अन्य कर्पोरेट हाउसहरुलाई पनि अन्य खेलाडीहरुलाई पनि उत्प्रेरित गराउनका लागि यस्तै कार्यहरु गर्न अपिल समेत गरिन् ।

कार्यक्रममा कृषि विकास बैंकका प्रवन्ध निदेशक गोविन्द गुरुङ सहित एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको पनि उपस्थिति रहेको थियो । गुरुङले बैंकको विश्वास आम जनतामाझ पुर्याउन ठूलो भूमिका खेल्ने कुरा व्यक्त गरे । यस्तै गुरुङले साम्बाले आफ्नो करियरमा गरेको यात्रामा जोड दिँदै त्यो स्तरमा पुग्न सजिलो नभएको बताए ।

एन्फा अध्यक्ष नेम्वाङले याे सम्झाैताले महिला फुटबलकाे विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सबै व्यवसायिक घरानाले महिला फुटबललाई साथ दिए नेपाली फुटबलले अझ उचाई लिने व्यहोरा समेत उनले व्यक्त गरे ।

साम्बा हाल फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पमा आवद्ध रहेकी छन् । नेपाली महिला लिग हुँदै भारतीय शीर्ष डिभिजन खेलेकी साम्बा इजरायलको लिग हुँदै युरोपको शीर्ष मध्य एक फ्रेन्च शीर्ष डिभिजन पुग्न सफल भएकी हुन् । साम्बा नेपाली राष्ट्रिय टोलीकी शीर्ष गोलकर्ता समेत हुन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.