2 years ago
June 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले पहिलो गोल गरेको छ । अघिल्लो ५ खेलमा गोल र जित विहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा जारी खेलमा गोल गर्न सफल भएको हो ।
नेपालले खेलको २३औं मिनेटमा गोल गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीव विष्टले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए । यो उनको अन्तराष्ट्रिय करियरको पहिलो आधिकारिक गोल समेत हो ।
नेपालले हालसम्म कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो । तर पछिल्लो खेलमा केही सुन्दर अवसर गुमाएको। नेपालले अन्ततः नेपालले गोल गर्न सफल भएको हो ।
खेल मध्यान्तर सम्म १-१ को बराबरीमा रहेको छ । सञ्जीवको सो गोल अघि खेलको नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो । बक्स भित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।
पछिल्लो खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मिडफिल्डर बसन्त जिम्बाको स्थानमा डिफेन्डर सनिश श्रेष्ठलाई टोलीमा ल्याउँदै नेपालले आज १ परिवर्तन गरेको छ ।
यी दुई बीच भएको पहिलो खेलमा यमनले नेपाल माथि २-० को जित निकालेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]