7 months ago
June 16, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१७ र यू–२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ । एन्फाले सबै प्रदेश र जिल्ला संघलाई खुल्ला परीक्षा सञ्चालन गर्न आइतवार पत्राचार गरेको छ ।
टोलीको छनोट भुटानमा हुने साफ यू–१७ च्याम्पियनसिपका साथै नेपालमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि हुनेछ । छनोट भएका खेलाडीले आ–आफ्नो उमेर समूहका लागि एसियन कप छनोटमा पनि भाग लिनेछन् ।
यु–२० साफ नेपालमा साउन ३२ देखि भाद्र १२ गतेसम्म हुने छ भने यू–१७ साफ आश्विन २ देखि १२ गते भुटानमा हुनेछ । त्यसैगरी यू–२० र यू–१७ एसियन कपका लागि छनोट प्रतियोगिता अन्तर्गत नेपालका खेलहरु क्रमशः चाइनिज ताइपेई र कतारमा हुनेछन् ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ । सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् । क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई […]
January 21, 2025
एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमवार जित हासिल गरेको छ । चेल्सीले वुल्भ्सलाई ३-१ ले हराएको थियो। चेल्सीका लागि टोसिन अदाराबिओयो, मार्क कुकुरेया , नोनी मडुकेले समान १ गोल गरे । वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए । २४ औं मिनेटमा अदाराबिओयोको गोलबाट चेल्सीले अग्रता लियो। पहिलो हाफको इन्ज्युरी समयमा डोहर्टीले गोल फर्काए। कुकुरेयाको […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको सातौं खेलमा पनि एपिएफ फुटबल क्लबले विजय यात्रालाई जारी राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा शीर्ष टोली एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। एपिएफका लागि रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। दुवै गोल हेडमा भएको थियो। दुवै गोलमा […]