7 months ago
June 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले दशरथ रंगशालामा अन्तराष्ट्रिय खेल खेल्ने वातावरण तयार पारिदिन युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई आग्रह गरेका छन् ।
मन्त्री श्रेष्ठले मंगलबार उनको कार्यकक्षमा भेटका अवसरमा किरणले यस्तो आग्रह गरेका हुन्। मैदानको अवस्था ठीक नभएकोलगायतको प्रश्न उठाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले दरशथ रंगशालामा अन्तराष्ट्रिय खेल हुन नसक्ने बताएको थियो। जसका कारण नेपाली टोलीले गत महिना विश्व कप र एसियन कप छनोटका आफ्नो २ खेल साउदी अरबमा खेल्न परेको थियो।
यमनसँगको विश्वकप छनोटको खेल किरणको खेल जीवनको एक सयौं अन्तर्राष्ट्रिय खेल थियो। नेपाली टोलीबाट सयौं खेल खेल्ने उनी पहिलो खेलाडी बनेका छन्।
किरणलाई त्यो सफलताको लागि मन्त्री श्रेष्ठले बधाई दिए। मन्त्री श्रेष्ठले दशरथ रङ्गशालालाई व्यवस्थित बनाउन कार्यविधि नै तयार भएको जानकारी गराए। लामो खेल जीवनमा पहिलो पटक मन्त्रीसँग भेटेर आफ्नो विचार राख्न पाएकोमा किरणले खुसी व्यक्त गर्दै धन्यवाद पनि दिए। किरणले खेल जीवन पछि पनि खेलाडीलाई देशमा नै बस्ने वातावरण बनाइनु पर्नेमा पनि जोड दिए।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]