default_image

1 month ago

June 20, 2024

जर्मनी युरो कपको अन्तिम १६ मा पुग्ने पहिलो टोली

1818 views

0 Bookmark

एजेन्सी – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । बुधवार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित दर्ता गर्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो ।

जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे ।

२२औं मिनेटमा गुन्डोगानकै पासमा गोल गर्दै मुसियालाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा म्याक्सीमिलियन मिटेल्सताइड्टको क्रसमा गुन्डोगानले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।

पहिलो खेलमा स्कटल्यान्ड माथि ५-१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अंक भएको छ । पहिलो खेलमा स्विट्जरल्यान्ड विरुद्ध पराजित हंगेरी २ खेलमा अंकविहिन छ ।

स्विट्जरल्यान्ड र स्कटल्यान्ड आ आफ्ना दोस्रो खेलमा राती १२:४५ बजे भिड्दै छन् । समूह बी अन्तर्गतको खेलमा आज नै क्रोएसिया र अल्बानियाले २-२ को बराबरी खेलिसकेका छन् ।

July 22, 2024

मछिन्द्र र सातदोबाटोको बराबरी, संकटा र चर्च ब्वाइजले पनि अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत सोमबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दुवै खेल १-१ को बराबरीमा सकिएको हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र एफसी र सातदोबाटो युथ क्लबले बराबरी खेले । ६३औं मिनेटमा रोनिक राना मगरको गोलमा लिएको अग्रता पश्चात ७९औं मिनेटमा आदेश लामाले गोल […]

July 21, 2024

चितवन जिल्ला लिगमा एनएफसी र एभरेष्ट विजयी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्। शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका‌ सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । खेलमा […]

July 21, 2024

रेन्जर्सविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी – युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रिसिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । ३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिस सहित डियालोले सुरुवाती गोल गरेका थिए […]

Success

Thank you for your time.