default_image

8 months ago

June 20, 2024

फिफा वरियतामा नेपालको तीन स्थान सुधार

1933 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७८औं स्थानमा रहेको थियो। नेपालको वरीयता अंक बढेर ९३५.९३ भएको छ ।

विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई विरुद्ध हार बेहोरेको नेपालले यमन विरुद्ध बराबरी गरेको थियो ।

नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा यथावत छ । भारत १२४औं स्थानमा रहँदा माल्दिभ्स १६०औं स्थानमा रहेको छ । भुटान १८३औं, बंगलादेश १८५औं, पाकिस्तान १९७औं र श्रीलंका २०५औं स्थानमा रहेका छन् ।

यस्तै एसियाली राष्ट्रहरूमा जापान शीर्ष स्थानमा रहेको छ भने इरान दोस्रो रहेको छ । यी दुई टोली विश्व वरीयतामा क्रमश: १७औं र २०औं स्थानमा छन् ।

विश्वकप विजेता अर्जेन्टिना वरीयतामा शीर्ष स्थानमा यथावत नै रहेको छ । फ्रान्स दोस्रो स्थानमा कायम रहँदा बेल्जियम तेस्रो स्थानमा छ । ब्राजिल चौथो र इङ्ल्यान्ड पाँचौं स्थानमा रहेका छन् ।

February 10, 2025

ग्रिन भिलेज एजुकेशन फाउण्डेशन अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरको ग्रिन भिलेज एजुकेशन फाउण्डेशन दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । सोमवार भएको प्रि क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनले कीर्तिपुरकै ग्रिन भिलेज सेकेण्डरी स्कुललाई २-० ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । विजयी टोलीका लागि दुवै गोल सोप्निल बस्नेतले गरे । सोप्निल […]

February 10, 2025

प्लानिङ ब्वाइजलाई नव ज्योति च्यालेन्ज कप उपाधि

हिमाल खरेल, बिर्तामोड सहिद स्मारक ‘बी’ डिभिजन टोली प्लानिङ ब्वाइज काठमाडौंले आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा आज भएको फाइनलमा सुनसरीको न्यु स्टार एफसीमाथि एकोहोरो दबाब सिर्जना गर्दै प्लानिङ ब्वाइज च्याम्पियन भएको हो । प्लानिङ ब्वाइजले न्यु स्टारलाई ३-० ले हरायो । प्लानिङ ब्वाइजका लागि झापाली डिफेन्डर […]

February 10, 2025

कनकाई अन्तरपालिका फुटबलको सेमिफाइनलमा

हिमाल खरेल ,बिर्तामोड उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० ले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् […]

Success

Thank you for your time.