1 year ago
June 24, 2024
एजेन्सी – निकलस फुलक्रगले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरेपछि युरो कप आयोजक जर्मनीले आफ्नो समूहको विजेता बनेको छ।
स्विट्जरल्याण्डसँग आइतबार १–१ को बराबरी खेल्दै जर्मनी समूह ए विजेता बनेको हो । लगातार दुई खेल जित्दै यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई समूह विजेता बन्न बराबरी नै पर्याप्त थियो ।
डान एनडोएले २८ औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । तर टोलीले अन्तिम समयमा अग्रता गुमाएको थियो। जर्मनीका लागि फुलक्रगले इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल गरेका हुन् ।
बराबरीपछि जर्मनीको ३ खेलबाट ७ अंक पुगेको छ । स्विट्जरल्याण्ड ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेताका रुपमा प्रि क्वाटरफाइनलमा पुगेको छ । हंगेरीलाई हराउँदै युरो कपको सुरुवात गरेको स्विट्जरल्याण्डले अर्को खेलमा स्कटल्याण्डसँग बराबरी खेलेको थियो ।
सोही समूहको अर्को खेलमा हंगेरीले स्कटल्याण्डलाई १–० ले हरायो । हंगेरीको त्यो पहिलो जित हो । यसअघि दुवै खेल हारेको हंगेरीलाई जित दिलाउन केभिन कोबोथले इन्ज्युरी समयको दसौं मिनेटमा गोल गरेका थिए ।
हंगेरी ३ खेलबाट ३ अंक जोड्दै समूह ए को तेस्रो स्थानमा छ । समूहको तेस्रो हुनेमध्येबाट ४ टोलीमा पर्दै नकआउट चरणमा पुग्ने हंगेरीको सम्भावना बाँकी छ । त्यसका लागि अन्य समूहको खेलको नतिजा पर्खनुपर्नेछ ।
स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा जर्मनीसँग पराजित भएको स्कटल्याण्डले अर्को खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । ३ खेलबाट १ अंक मात्र जोडेको स्कटल्याण्ड युरो कपबाट बाहिरिने पहिलो टोली हो।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]