1 year ago
June 25, 2024
एजेन्सी – अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै इटाली नकआउट चरणमा पुगेको हो ।
५५औं मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि मोड्रिच पेनाल्टीमा गोल गर्न असफल भएका थिए । उनको पेनाल्टी इटालियन गोलरक्षक डोनारुमाले बचाएका थिए । मोड्रिचको गोलमा क्रोएसिया दोस्रो चरणको संघारमा पुगेको थियो ।तर क्रोएसियाको प्रयासमा इटाली बाधक बन्यो । इन्ज्युरी समयको आठौं मिनेटमा रिकार्डो कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रुपमा इटाली अन्तिम १६ मा पुगेको हो।
इटालीको ३ खेलमा ४ अंक छ । क्रोएसियाको ३ खेलमा २ अंक मात्र छ । समूहमा तेस्रो हुने मध्ये शीर्ष ४ मा रहँदै अर्को चरण पुग्ने क्रोएसियाको सम्भावना कम छ ।
अल्बानिया १ अंक सहित समूहको पुछारमा छ । अन्तिम खेलमा अल्बानिया माथि १-० को जित निकाल्दै स्पेन शत-प्रतिशत नतिजा सहित समूहको शीर्ष स्थानमा रहेको छ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]