8 months ago
June 29, 2024
एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ।
एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो।
पाराग्वे अंकविहीन रहेको छ। पाराग्वे भने कोलम्बियासँग २-१ गोलअन्तरले पराजित भएको थियो।
ब्राजिलले समूह चरणको अन्तिम खेलमा बुधबार कोलम्बियाको सामना गर्नेछ।
कोलम्बिया नकआउट चरणमा पुगिसकेको छ। कोलम्बियासँगको खेलको नतिजापछि ब्राजिलको आगामी यात्रा तय गर्नेछ। समूहमा कोस्टारिकाको १ अंक छ। लगातार २ खेल जित्दै ६ अंकसाथ कोलम्बिया नकआउट चरणमा पुगिसकेको छ। कोस्टारिकाले समूह चरणको अन्तिम खेलमा पाराग्वेको सामना गर्नेछ।
शनिबार ब्राजिलले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। खेलको ३५औं मिनेटमा जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले लुकासको पासमा गोल गरे। ४३औं मिनेटमा साभिओले गोल थपे। पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा जुनियरले अर्को गोल गरे।
४८औं मिनेटमा ओमर एल्डरेटले गोल गर्दै पाराग्वेलाई ३-१ को स्थितिमा पुर्याए । ६५औं मिनेटमा लुकासले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिलको जित सहज बन्यो ।
February 16, 2025
सुमन अधिकारी, बुटवल आयोजक लखन ब्रदर्श युथ क्लब सेतो बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व जारी प्रतियोगिताको आइतवार पहिलो सेमिफाइनलमा सम्पूर्ण युवा क्लब सुपौलीलाई ४-० ले पराजित गर्दै लखन सेतो फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेलमैदानमा भएको खेलको ५५ औं मिनेटमा आयोजक सेतोका कप्तान […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]