1 year ago
June 30, 2024
एजेन्सी – साविक विजेता इटाली युरो कप २०२४ को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्ड विरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएको हो ।
स्विट्जरल्यान्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक एक गोल गरे ।
३७औं मिनेटमा भार्गासकै पास नियन्त्रणमा लिँदै फ्रिउलारले स्विट्जरल्यान्डलाई खेलमा अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा नै भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । मिचेल एबिसरको पासमा बक्स भित्रबाट उत्कृष्ट फिनिस गर्दै भार्गासले अग्रता दोब्बर बनाएका थिए ।
जित पछि स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेता विरुद्ध खेल्नेछ ।
दोस्रो प्रिक्वाटरफाइनलमा जर्मनी र डेनमार्क बीचको खेल जारी रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]