1 year ago
July 2, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा मंगलबार रामपुर फुटबल क्लब रड्स विजयी भएको छ।
भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुरले पुनरागमन जित निकाल्ने क्रममा हर्दी युवा समाजलाई ३-१ ले हराएको हो। रामपुरका मनोज थापाले २ तथा साहिल थापा मगरले १ गोल गरे । हर्दीका सन्तोष थिङले १ गोल गरे ।
३० औं मिनेटमा सन्तोषको गोलबाट हर्दीले अग्रता लिएको थियो । साहिलले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । मनोजले खेलको ५७ औं तथा ६५ औं मिनेटमा गोल गरेपछि रामपुर विजयी भयो । विजयी टोलीका चित्रबहादुर कुमाल प्लेयर अफ दि म्याच भए ।
दिनको दोस्रो खेलमा नारायणी मोटर्स युनिक एफसी र आई स्टडी गीतानगर ब्वाईजले गोलरहित बराबरी खेले। बराबरी गर्दै अंक बाँडेका छन् । युनिकका सौरभ प्रजा प्लेयर अद दि म्याच भए ।
लिगमा बुधवार एक खेल हुनेछ । साँझ ५ बजे सुरु खेलमा यात्रा ग्रुप भरतपुर र नारायणगढ एफसी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई मुख्य सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]