default_image

1 year ago

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

4030 views

0 Bookmark

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ।

अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो।

लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो।

अपराजित रहेको ब्राजिलको समान खेलमा ५ अंक रह्यो ।४ अंक जोडेको कोस्टारिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरिएका छन् ।

ब्राजिलले समूह विजेता बन्ने मौका गुमाएको थियो।
१२औं मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै दिलाएको अग्रतालाई ब्राजिलले जोगाउन सकेन । 

पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डेनियल मुनोजले बराबरी गोल गरेका थिए। जोन कर्डोबाको पासमा मुनोजले गोल गरेका हुन्।

क्वाटरफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले पानामाको‌ सामना गर्नेछ। अन्य क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर तथा क्यानडा र भेनेजुएलाबीच प्रतिस्पर्धा हुनेछ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.