1 year ago
July 4, 2024
एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह चरणको दोस्रो खेलमा पुरानो चोट बल्झिएको बताइएको छ । सोही चोटका कारण उनलाई समूह चरणको अन्तिम खेलमा सहभागी गराइएको थिएन । उनी खेल अवधिभर बेन्चमा नै आसिन थिए ।
खेलको पूर्व सन्ध्यामा बोल्दै अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको सहभागिताको निर्णय अन्तिम समयमा लिने बताएका थिए ।
“मेस्सीको बारेमा निर्णय गर्नुअघि हामी पर्खने छौं । यदि लियो नभएको खण्डमा लौटारो र जुलियनलाई सँगै सुरु गर्ने विकल्प हो” उनले भने । “हामी उसलाई खेलाउने प्रयास गर्नेछौं । अन्तिम क्षणसम्म पर्खनु र उसलाई आफ्नो समय लिन दिनु उचित हुन्छ ।”
यसका साथै स्कालोनीले खेलका लागि आफ्नो तयारीबारे मेस्सीसँग परामर्श गर्ने बताए । “हामी उसलाई सुरुवात बाटै खेलाउने प्रयास गर्नेछौं र त्यसपछि, यदि उनी (तयार) छैनन् भने, हामी टोलीको लागि उत्तम समाधान खोज्नेछौं ।”
पछिल्लो समयमा भने अर्जेन्टिनी सञ्चार माध्यमहरुले मेस्सीले सुरुवात बाट नै खेल्ने खबर सम्प्रेषण गरेका छन् ।
अर्जेन्टिनाले समूह चरणमा सबै खेल जित्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । अर्जेन्टिना र इक्वेडोर बीचको खेलको विजेताले भेनेजुएला र क्यानडा बीचको विजेता विरुद्ध सेमिफाइनलमा खेल्नेछ ।
अन्य दुई क्वाटरफाइनलमा कोलम्बिया र ब्राजिल भिड्दा उरुग्वे र पानामा आमने-सामने हुनेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]