1 year ago
July 4, 2024
एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह चरणको दोस्रो खेलमा पुरानो चोट बल्झिएको बताइएको छ । सोही चोटका कारण उनलाई समूह चरणको अन्तिम खेलमा सहभागी गराइएको थिएन । उनी खेल अवधिभर बेन्चमा नै आसिन थिए ।
खेलको पूर्व सन्ध्यामा बोल्दै अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीको सहभागिताको निर्णय अन्तिम समयमा लिने बताएका थिए ।
“मेस्सीको बारेमा निर्णय गर्नुअघि हामी पर्खने छौं । यदि लियो नभएको खण्डमा लौटारो र जुलियनलाई सँगै सुरु गर्ने विकल्प हो” उनले भने । “हामी उसलाई खेलाउने प्रयास गर्नेछौं । अन्तिम क्षणसम्म पर्खनु र उसलाई आफ्नो समय लिन दिनु उचित हुन्छ ।”
यसका साथै स्कालोनीले खेलका लागि आफ्नो तयारीबारे मेस्सीसँग परामर्श गर्ने बताए । “हामी उसलाई सुरुवात बाटै खेलाउने प्रयास गर्नेछौं र त्यसपछि, यदि उनी (तयार) छैनन् भने, हामी टोलीको लागि उत्तम समाधान खोज्नेछौं ।”
पछिल्लो समयमा भने अर्जेन्टिनी सञ्चार माध्यमहरुले मेस्सीले सुरुवात बाट नै खेल्ने खबर सम्प्रेषण गरेका छन् ।
अर्जेन्टिनाले समूह चरणमा सबै खेल जित्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । अर्जेन्टिना र इक्वेडोर बीचको खेलको विजेताले भेनेजुएला र क्यानडा बीचको विजेता विरुद्ध सेमिफाइनलमा खेल्नेछ ।
अन्य दुई क्वाटरफाइनलमा कोलम्बिया र ब्राजिल भिड्दा उरुग्वे र पानामा आमने-सामने हुनेछन्।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]