1 year ago
July 5, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ ।
लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे ।
सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनै सन्तोष प्लेयर अफ दि म्याच चुनिए । हर्दीको दुई खेलबाट ३ अंक भएको छ । एभरेष्टको समान खेलबाट एक अंक छ ।
आजै भएको दोस्रो खेलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र सौराहा युवा समाजले १-१ को बराबरी खेलेका छन् । खेलमा बिएफसीका लागि सन्देश श्रेष्ठ तथा सौराहाका लागि सञ्जय चौधरीले गोल गरे ।
खेलमा बिएफसीले सुरुवाती गोल गर्दै अग्रता लिएको थियो । उसका लागि सन्देशले २३ औं मिनेटमा गोल गरेका थिए । तर बिएफसीको अग्रता धेरै समय टिकेन । २९ औं मिनेटमा सौराहाका सञ्जयले बराबरी गोल गरे । सौराहाका तेजेन्द्र चौधरी प्लेयर अफ दि म्याच भए ।
बराबरीपछि बिएफसी दुई खेलबाट ४ अंकका साथ समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । लिगमा समान दुई खेल सौराहाको २ अंक छ ।
लिगमा शनिबार दुई खेल हुनेछन् । शनिबार पहिलो खेलमा माडी ११ र यात्रा ग्रुप भिड्नेछन् । दोस्रो खेल एष्ट्रल युथ सोसाइटी र नारायणी मोटर्स युनिक एफसीबीच हुनेछ । पहिलो खेल दिउँसो ३:०० बजे र दोस्रो खेल ५:०० बजे सुरु हुनेछ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]