1 year ago
July 8, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ ।
नारायणी मोटर्स युनिक फुटबल क्लबलाई सोमबार २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । टोलीलाई जितदिलाउन लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे ।
एष्ट्रलका विशाल तमाङ प्लेयर अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलको २ खेलमा ४ अंक छ । समान खेलमा युनिकको १ अंक छ ।
लिगमा आज नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । सो खेल मंगलबार दिउँसो २:३० बजे हुनेछ । मंगलबार नै ४:३० बजे नारायणगढ फुटबल क्लब र रामपुर एफफी रड्स भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले मुख्य प्रायोजन गरेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]