1 year ago
July 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४० खेलाडी बोलाएको छ ।
देशभर छनोट सञ्चालन गर्दै एन्फाले ४० खेलाडी छनोट बन्द प्रशिक्षणका लागि बोलाएको हो । ४० खेलाडी मध्ये छनोट भएका खेलाडी सहित नेपालबाट उमेर समूहमा खेलिसकेका खेलाडी समेत रहेका छन् ।
नेपालको प्रतिनिधित्व गरिसकेका मध्ये अधिकांश खेलाडी काठमाडौंमा नै भएको साफ यु-१९ च्याम्पियनसिप खेलेका खेलाडी छन् ।
टोलीको प्रशिक्षणको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन् । श्रेष्ठले यसअघि नेपालको यु-१७ टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह सकेका छन् ।
प्रतियोगिता साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म काठमाडौंमा हुँनेछ । प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध भदौ ३ गते र तेस्रो खेल बंगलादेशसँग भदौ ६ गते खेल्नेछ ।
समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । सेमिफाइनलका दुवै खेल भदौ १० गते फाइनल भदौ १२ गते हुनेछ। यो प्रतियोगिता पछि नेपाली टोलीले यु-२० एसियन कपको छनोट समेत खेल्नेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको नामावली:
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]