6 months ago
July 9, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ फुटबल क्लबले जित हासिल गरेको छ ।
लिगमा मंगलबार भएको पहिलो खेलमा यात्रा ग्रुप भरतपुरलाई ३-० ले हराउँदै माडीले ३ अंंक जोडेको हो । अर्को खेल भने बराबरीमा टुंगिएको छ । माडीको जितमा सन्देश महतोले २ तथा आशिष भुजेलले १ गोल गरे ।
खेलको चौथो मिनेटमा नै आशिषले गोल गर्दै माडीलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सन्देशले गोल गर्दै माडीको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा सन्देशले व्यक्तिगत दोस्रो गोल गरेपछि माडी ३-० ले विजयी भयो । सन्देश नै प्लेयर अफ दि म्याच भए ।
अर्को खेलमा रामपुर फुटबल क्लब रड्स र नारायणगढ फुटबल क्लब (एनएफसी) ले अंंक बाँँडेका छन् । खेलमा २-२ को बराबरी भएको थियो ।
रामपुरका लागि अश्विन पाख्रीन र चित्रबहादुर कुमालले गोल गरे । एनएफसीका प्रवेश गुरुङ र सुगम तामाङले गोल गरे । खेलको नवौं मिनेटमा अश्विनको गोलमा रामपुरले अग्रता लियो । ४० औं मिनेटमा प्रवेशले एनएफसीका लागि बराबरी गोल फर्काए ।
४८ औं मिनेटमा सुगमले गोल गरेपछि एनएफसीले अग्रता लियो । ६२ औं मिनेटमा चित्रको गोलमा रामपुरलर बराबरी गोल गरेका थिए। रामपुरले रामपुरका अश्विन प्लेयर अफ दि म्याच भए ।
आजको खेलसँँगै लिगमा दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । बुधबारबाट तेस्रो चरण सुरु हुनेछ । तेस्रो चरणको पहिलो खेल बुधबार २:३० बजे पानस युवा क्लब र आई स्टडी गीतानगर ब्वाइजबीच हुनेछ ।
बुधबार नै दिउँसो ४:३० बजे दोस्रो खेलमा सौराहा युवा समान र नारायणी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ ।
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]
January 18, 2025
अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]