1 year ago
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोली तथा एपिएफकी मिडफिल्डर प्रिती राई एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्।
उनले एकता ग्लोबलको ब्रान्ड एम्बेसडरका रुपमा सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् ।

साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपको फाइनलमा प्रिती घाइते भएकी थिइन् । एपिएफले मलेसियामा भदौ ९ देखि १५ गते हुने समूह सीमा प्रतिस्पर्धा गर्नेछ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]