default_image

1 year ago

August 6, 2024

ललित मेमोरियल एन्फा लिगमा थ्री स्टारको जित

515 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा सातदोबाटो यूथ क्लबविरुद्ध जित निकालेको छ।

एन्फा कमप्लेक्समा मंगलबार भएको पहिलो खेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबलाई ३-० गोलले पराजित गरेको हो।

थ्री स्टारले खेलको आठौं मिनेटमा सनिल स्याङतानको गोलमा अग्रता लिएको थियो । रोमन श्रेष्ठले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । चित्र बहादुर नेपालीले ५७औं मिनेटमा टोलीका लागि तेस्रो तथा निर्णायक गोल गरे।

जितसंगै थ्री स्टार ६ खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। पराजित सातदोबाटोको ६ खेलमा ४ अंक रहेको छ।

थ्री स्टारको पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको‌ नाममा एन्फाले यु १८ लिग आयोजना गर्दै आएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.