1 year ago
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित मेमोरियल एन्फा यू-१८ लिगमा मंगलवार चर्च ब्वाइज युनाइटेड विजयी भएको छ।
एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा चर्च ब्वाइजले खुमलटार एफसीलाई २-१ ले पराजित गरेको हो ।
चर्च ब्वाइजको लागि सन्दिप मगर र आभाष रोकालेगोल गरे । खुमलटारका लागि कप्तान एलिक श्रेष्ठले गोल गरे ।
यो नतिजासंगै चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोड्दै छ पाँचौ स्थानमा छ । खुमलटारको समान खेलमा मात्र ३ अंकसहित अंक तालिकाको पुछारमा छ ।
थ्री स्टारको जित
त्यसअघि पहिलो खेलमा थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा सातदोबाटो यूथ क्लबलाई ३-० पराजित गरेको थियो।

थ्री स्टारले खेलको आठौं मिनेटमा सनिल स्याङतानको गोलमा अग्रता लिएको थियो । रोमन श्रेष्ठले खेलको १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका । चित्र बहादुर नेपालीले ५७औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए।
जितसंगै थ्री स्टार ६ खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। पराजित सातदोबाटोको ६ खेलमा ४ अंक रहेको छ।
थ्री स्टारको पूर्व अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको नाममा एन्फाले यु १८ लिग आयोजना गर्दै आएको छ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]