1 year ago
August 9, 2024
सुशील पन्त क्षेत्री, चितवन
हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लगातार दोस्रो सिजन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ ।
पानस युवा क्लबलाई शुक्रवार टाइब्रेकरमा ४-२ ले हराउँदै बिएफसी च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । बिएफसीका लागि सुमन आले र सन्देश श्रेष्ठ तथा पानसका लागि सन्दीप सुनार र शिव गुरुङले गोल गरे ।
खेलमा अग्रता भने पानसले लिएको थियो । नवौं मिनेटमा सन्दीपको गोलमा पानसले अग्रता लिएको थियो । तर ३८ औं मिनेटमा सुमनले बिएफसीका लागि बराबरी गोल फर्काए ।
५५ औं मिनेटमा सन्देशले गोल गर्दै बिएफसीलाई अग्रता दिलाए । तर ७० औं मिनेटमा शिवले पानसका लागि बराबरी गोल गरे ।
बाँकी समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । जसमा बिएफसीले बाजी मार्यो । बिएफसीका गोलकिपर तथा कप्तान मनोज गुरुङ म्यान अफ दि म्याच भए ।
विजेता बिएफसीले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । पानसले ५० हजार रुपैयाँमा पायो ।
बिएफसीका सन्दीप केसी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरे ।
हर्दी युवा समाजका सन्तोष थिङ प्रतियोगिताका उत्कृष्ट फरवार्ड ,पानसका निश्चल बस्नेत उत्कृष्ट डिफेन्डर, बिएफसीका मनोज गुरुङ उत्कृष्ट गोलकिपर तथा पानसका सन्जित सुनार उत्कृष्ट मिडफिल्डर घोषित भए ।
बिएफसीका प्रशिक्षक कुसुम दीप लो उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्टले ट्रफीसहित समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
चितवन जिल्ला फुटबल संघले आयोजमा गरेको प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्र्निङ तथा प्रायोजकमा वैद्धिक आयुर्वेद सेवा प्रालि रहेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]