default_image

1 year ago

August 20, 2024

बंगलादेशको जितमा नेपाल सेमिफाइनलमा

2745 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बंगालादेशको जितपछि नेपाल एक खेलअघि नै साफ यु २० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेसँगै बंगालादेश पनि अन्तिम चारमा पुगेको‌ छ। समूह ए मा दुवै खेलमा पराजित भएको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। नेपालले समूहचरणको अन्तिम खेल बिहीवार बंगलादेशको सामना गर्नेछ। त्यो खेलबाट समूह विजेता उपविजेता टोलीको टुंगो लाग्नेछ। समूह बीमा भारतले एक खेल जितेको छ । त्यो समूहमा भुटान र माल्दिभ्स छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.