1 year ago
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ ।
दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो ।
खेलको ५३ औं मिनेटमा भुटान १० खेलाडीमा सिमित बनेको थियो । गोलकिपर तेन्जिङले पेनाल्टी क्षेत्र बाहिरको बल हातले छोएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भुटान १० खेलाडीमा सिमित भएको थियो ।
त्यसमा प्राप्त फ्रिकिकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्यायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोलमा परिणत भएको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा सांगे छोपेलले गोल गर्दै भुटानलाई जित दिलाएका थिए ।
समूहको पहिलो खेलमा भारतले भुटानलाई १-० ले हराएको थियो । भारत र भुटानको समान ३ अंक भएको छ भने माल्दिभ्स अंक विहिन छ । समूहको अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ । उक्त खेलमा माल्दिभ्सले भारतलाई पराजित गरे मात्र अघिल्लो चरणमा पुग्ने सम्भावना रहनेछ । भारत बराबरी गरे समूह विजेता बन्नेछ ।
प्रतियोगितामा बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् । भोलिको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]