default_image

1 year ago

August 22, 2024

साफ यु २० – समूह विजेता बन्न नेपाल र बंगलादेश खेल्दै

1395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल साफ यु २० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बन्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ

मंगलबार बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यस खेलमा पनि हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा नेपाल रहेको छ । बंगलादेश पनि सोहि लक्ष्यमा रहेको छ । समूह चरणको पहिलो खेलमा नेपालसँग श्रीलंका १-० ले पराजित गरेको थियो।

श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । यो खेल जित्ने टोली नै समूह विजेता हुनेछ । विजेता हुने टोलीले सेमिफाइनलमा अर्को समूहको उपविजेतासँग खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले सेमिफाइनलमा अर्को समूहको विजेतासँग खेल्नेछ । अर्को समूहमा‌ भारत, भुटान र माल्दिभ्स छन्।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.