default_image

1 year ago

August 22, 2024

मार्टिनेज एस्टन भिल्लामै रहने

1180 views

0 Bookmark

एजेन्सी – एस्टन भिल्लाले गोलकिपर एमिलियानो मार्टिनेजसँग नयाँ सम्झौता गरेको छ । ३१ वर्षीय अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीले सन् २०२९ सम्मका लागि आफ्नो भिल्लामा बसाई लम्ब्याएका छन् ।

मार्टिनेज २०२० मा आर्सनलबाट १७ मिलियन पाउन्डमा भिल्लामा आबद्ध भएका थिए । उनले क्लबका लागि १ सय ५० भन्दा बढी खेल खेलिसकेका छन् ।

२०२२ को विश्वकप विजेता उनले गत सिजन प्रिमियर लिगका ३४ खेलमा ९ मा क्लिन सिट राखेका थिए । उनाइ एमरीको टोली चौथो स्थानमा रहेर पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको थियो ।

यो सिजनको पहिलो खेलमा वेस्ट हामलाई २-१ ले हराउँदै भिल्लाले सिजनको राम्रो सुरुवात गरिसकेको छ ।

यो समरमा उनले अर्जेन्टिनाले कोपा अमेरिकामा खेलेका सबै ६ खेल खेले । अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक उपाधि जितेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.